नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित


नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । 

क्यानको आज भएको निर्वाचनमा सचिव पदमा प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पन्छाउँदै पूर्वकप्तान खड्का निर्वाचित भएका हुन् ।  कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत पाउँदै विजयी हुँदा प्रशान्त ३७ मतमै राेकिए ।

पारस केही अघि मात्रै बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए। उनले चतुरबहादुर चन्दको प्यानलबाट क्यानको सचिवमा उम्मेदवारी दिएका थिए । चन्द क्यानको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।  प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो ।

साथै सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भइसकेका छन् । 

महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छन् भने सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् । 

 

Skip This
Logo