नेपाल फर्किए फुटबलर रोहित चन्द

नेपाल फर्किए फुटबलर रोहित चन्द


काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द नेपाल फर्किएका छन् । व्यवसायिक फुटबलको लागि इन्डोनेसियामा बस्दै आएका रोहित शुक्रबार नेपाल फर्किएका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि रोहित इन्डोनेसियामै अड्किएका थिए । यस्तै रोहितले खेलिरहेको इन्डोनेसियाको शीर्ष डिभिजन लिग समेत अनिश्चित कालका लागि स्थगित भएको थियो ।

इन्डोनेसियाको लिग सुचारुको टुंगो नभएपछि रोहित स्वेदश फर्किएका हुन् । अक्टोबर यतासम्म खेल नहुने भए पछि उनी शुक्रबार स्वेदश आएका हुन् ।

गत मार्चमा इन्डोनेसियाको लिग वान स्थगित भएको छ । रोहित पर्सिजा जकार्ताबाट लिग खेल्दै आइरहेका छन् । रोहित जकार्ताबाट मलेसिया हुँदै नेपाल आएका हुन् । जकार्तामै रहेका बेला होम क्वारेन्टाइनमा रहेका रोहित कोरोना परिक्षण गरेर नेपाल आएका हुन् । उनको रिपोर्ट नेगेटिभ आएको थियो । नेपाल आए लगत्तै रोहित होम क्वारेन्टाइनमा बसेका छन् ।

Skip This
Logo