सिटिजन्स बैंकले लगानीकर्तालाई दसैंअघि नै नगद लाभांश वितरण गर्ने

सिटिजन्स बैंकले लगानीकर्तालाई दसैंअघि नै नगद लाभांश वितरण गर्ने


सिटिजन्स बैंकले नेपालीहरुको महान चाड दसैंअघि नै नगद लाभांश वितरण गर्ने तयारी गरेको छ । बैंकले असोज २६ गते आफ्नो १७औं वार्षिक साधारण सभामा नगद लाभांश दिने निर्णय पारित गर्न लागेको हो । 

बैंकले आफ्ना लगानीकर्ताहरुलाई करसहित ५.७९ प्रतिशत नगद लाभांश दिने तयारी गरेकाे छ । सो लाभांश बापत बैंकले ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ(करसहित) वितरण गर्नेछ ।

बैंकले असोज १५ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । अर्थात असोज १५ गते अघिसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् ।

Logo