राष्ट्रकवि घिमिरेको जन्मथलोबाट तेस्रो पुस्ताको कृति, प्रमिशाले ल्याइन् ‘प्रेरणा’

राष्ट्रकवि घिमिरेको जन्मथलोबाट तेस्रो पुस्ताको कृति, प्रमिशाले ल्याइन् ‘प्रेरणा’


राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो लमजुङको मर्स्यायाङ्दी गाउँपालिका-६ बाहुनडाँडाबाट तेस्रो पुस्ता पनि साहित्यमा औपचारिक रूपमा प्रवेश गरेको छ।

राष्ट्रकविको १०४औँ जन्मजयन्ती अवसर पारेर आइतबार ‘प्रेरणा’ शीर्षकको उपन्यास विमोचन गरिएको छ। राष्ट्रकविको जन्मथलोमा उनले स्थापना गरेको चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा ‘प्रेरणा’विमोचन गरिएको हो।

२५ वर्षीया इन्जिनियर प्रमिशा घिमिरेले आफ्नो पहिलो कृति ‘प्रेरणा’ प्रकाशित गरेकी हुन्। कार्यक्रममा उनले भनिन्,‘जहाँबाट मैले एसएलसी सम्मको अध्ययन गरेकी थिएँ, सोही विद्यालयमा पहिलो उपन्यास विमोचन गर्ने अवसर जुराइदिनुभएकोमा घिमिरे समाज बाहुनडाँडा र चन्द्रोदय माविलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’
 
‘बाहुनडाँडामा जन्मिएर हाल चितवनमा बस्दै आएका इन्जिनियर तथा साहित्यकार डा. हेमनाथ घिमिरेले ‘प्रेरणा’ विमोचन गरेका हुन्।  चन्द्रोदयका पूर्वशिक्षक रामचन्द्र न्यौपाने ‘वनवासी’ राष्ट्रकविको जन्मथलोमा दोस्रो पुस्ताका क्रियाशील साहित्यकार हुन्।’

‘मैले चार पाँचवटा कविताका पुस्तकहरू प्रकाशित गरेको छु तैपनि अझै उपन्यास लेख्नका लागि सकस लागिरहेको छ। सानोतिनो सोचाइ र दक्षता नभई उपन्यास जस्तो बृहत् पुस्तक लेख्न सकिँदैन’ प्रेरणा विमोचनपछि प्रमुख अतिथि डा. हेमनाथले भने,’उपन्यास मैले सरसर्ती हेरेँ उनले पहिलो पटक लेखेको जस्तो लागेन। एउटा सिद्धहस्त, परिपक्व व्यक्तित्व जस्तो लाग्यो।’

उनले वर्तमान परिवेशमा प्रविधि र पारिवारिक कारणले कलेज पढ्ने विद्यार्थीहरूलाई मनस्थिति कस्तो असर पार्छ भन्ने विषयलाई उपन्यासले समेटेको बताए।

‘उपन्यासकार प्रमिशाका अनुसार ‘प्रेरणा’ मा वास्तविक जीवन कथामा आधारित प्रेममा असफलता पछिको सफलताको कथालाई समेटिएको छ।’यो उपन्यास युवा मनोविज्ञान, प्रेम र प्रेम प्राप्ति बारे उनीहरूको धारणामा आधारित छ’ उनले भनिन्,’सामाजिक सञ्जालको प्रयोग, थ्रेड र ब्ल्याकमेलिङको नकारात्मक प्रभाव, त्यसको असर युवा जीवनमा कसरी परेको छ भनेर देखाएको छु।’

फुटकर कविता लेख्दै आएकी प्रमिशा कोभिड महामारीले आफूलाई उपन्यास लेख्नतर्फ धकेलेको बत्ताउँछिन्।‘रुचि सानैदेखि थियो तर कोरोना अगाडि कमल चलाएकी थिइन्ँ,प्रमिशाले भनिन्, पढाइ रोकिएको थियो, हरेक दिन केही न केही लेखिरहेको हुन्थे।’

उनले दोस्रो लकडाउनको समयमा उपन्यास जन्मिएको बताइन्। प्रमिषाले चिरञ्जीवी ढुङ्गानाबाट उपन्यासको विषय बस्तु पाएको बताइन्।‘सत्य घटनामा आधारित भएकाले मलाई पनि लेख्ने रुचि बढ्दै गयो। बिहानदेखि बेलुकासम्मको साथी कोरा कागज र कलम बनेको थियो। उपन्यास लेख्न मन भएको कुरा घरमा सुनाउँदा मम्मी बुबाले पनि थप हौसला दिनुभयो’ उनले भनिन्।

प्रमिशाका बुबा दिन नाथ र आमा कल्पना शिक्षण पेशामा छन्। उनी तीन दिदीबहिनीमध्ये जेठी छोरी हुन्। उपन्यास ‘प्रेरणा’ को बजार मूल्य २ सय ७५ रुपैयाँ राखिएको छ।

Logo