प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’


छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। 

त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए। केही समयमै नेपाल-चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ।

Logo