अभियन्ता ईःलाई मेयर बालेनले भने- हामीले तपाईंहरुको नेतासँग वार्ता गर्नुपर्ने ?

अभियन्ता ईःलाई मेयर बालेनले भने- हामीले तपाईंहरुको नेतासँग वार्ता गर्नुपर्ने ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केहीदिन देखि आन्दोलित रहेका अभियन्ता ईः वार्तामा आउन नचाहेको बताएका छन् । 

गत मंगलबारदेखि अविश्राम उभिइरहेका अभियन्ता ईःलाई भेटेर वार्ताको तयारी गरिरहँदा उनीहरु आउन नचाहेको मेयर बालेनले बताएका छन् । अभियन्ताहरु राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने बुझेको पनि उनले आशंका गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिगत केही दिन देखि केही अभियानताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु  उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र  समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनीतिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ  । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने ?’ 

मेयर शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन 'सौम्य विद्रोह' थालेको बताउने अभियन्ता ईःले गत शुक्रबार साँझसम्म ७७ घन्टा उभिने निधो गरेका थिए। तर सहमति हुन नसक्दा आन्दोलन लम्बिएको छ। लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन्।

Logo