#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86111342385640168178560
नेपाल5041

४ जना नेपालीलाई कोरोना लागेको पुष्टि (भिडियोसहित)

काठमाडौं ।

विश्वका ११९ वटा देशमा फैलिएको कोरोनाको संक्रमण ४ जना नेपालीमा पनि देखिएको पुष्टि भएको छ । नेपाल र अस्ट्रेलियामा एक, एक तथा यूएईमा दुई नेपालीलाई कोरोना लागेको पुष्टि भएको हो ।

चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो । उनी पूर्ण स्वस्थ भइसकेका छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । यद्यपि कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म ३३ जना बिरामी भर्ना भएर उपचार गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए । उनीहरुमा कोरोनाको संक्रमण नदेखिपछि डिस्चार्ज भएका छन् । यसैबीच नेपालीको रोजगारी गन्तव्यहरु बहराइन, कुवेत र कतारले नेपालीलाई भिसा नदिने निर्णय गरेको छ ।

सरकारले कतारका लागि श्रम स्वीकृति दिन मंगलबारदेखि बन्द गरेको छ । त्यस्तै मंगलबारदेखि नै नेपालले कोरोना भाइरसको धेरै संक्रमण देखिएका ८ देशका नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरेको छ । अध्यागमन विभागका अनुसार चीन, इरान, दक्षिण कोरिया, जापान, इटाली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरेको हो ।

चीनपछि सबैभन्दा बढी फैलिएको इटालीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३१ पुगेको छ भने १० हजार भन्दा बढीलाई संक्रमण देखिएका छन् । इटली सरकारले २० वटै प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरिएको छ । त्यहाँ शैक्षिक संस्थाहरू बन्द गरिनुका साथै देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको छ ।

सम्बन्धित समाचारहरु