#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218013055238045470057080745
नेपाल164233586367752

तनहुँमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

तनहुँ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिकास्थित बाहुन भञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

सडकबाट १५० मिटर तल ट्रयाक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु