#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73938535018547828156539
नेपाल5041

राप्रपा एकताको सहारा ‘गीता छोएर कसम’ (भिडियोसहित)

  • केन्द्रबिन्दु डेस्क 
    काठमाडौं ।

पूर्वपञ्चहरुका दुई पार्टी राप्रपा र राप्रपा संयुक्तबीच आज एकता भएको छ । यी दुवै पार्टी ‘राष्ट्रिय’ होइनन् । तर, एकतापछि उनीहरुले तेस्रो शक्ति बनेको घोषणा गरेका छन् । अझ सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको ‘बिकल्प’ दिएको समेत दाबी गरेका छन् ।

राष्ट्रिय सभामा सम्पन्न एकता घोषणा सभामा राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर राणाले मन्तब्य समापन गर्न खोज्दा कार्यकर्ताले ‘हुटिङ’ गरे । प्रमुख तथा अन्तिम बक्ता राणालाई ‘हुटिङ’को मूल कारण थियो, ‘गीता’मा हात राखेर कसम नखाई बिदा हुनु । दुई पार्टीका पूर्ववक्ता दुवै अध्यक्षले गीतामा हात राखेर कसम खाएका थिए । उनीहरुको कसमको हरफ थियो –‘अब पार्टी फुटाउँदैनौं ।’

कार्यकर्ताको हुटिङपछि राणा पनि गीता छोएर ‘पार्टी फुट्दैन’ भनेर कराउन बाध्य भएका थिए । गीता छोएर कसम खान सुरु गरेका थिए, राप्रपाका अध्यक्ष कमल थापाले ।

अध्यक्ष थापाले मन्तब्यक्रममा बाहुबली शैलीमा भने– ‘म कहिल्यै पार्टी फुटाउने छैन ।’ उनले यसो भनेपछि उपस्थित कार्यकर्ताले नपत्याएको प्रतिक्रिया दिए । त्यसपछि उनले ‘गीता’ देखाएर भने – ‘म गीता छोएर कसम खान्छु ।’ उनले गीता छोएर कसम खाएपछि कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । पछिका बक्ताहरु पनि सोही तरिकाले कसम खान बाध्य भए ।

सायद राप्रपा महामन्त्री तथा एकता समारोहका बक्ता राजेन्द्र लिङदेनको भाषणको तत्कालीन प्रभाव थियो, गीता छोएर कसम खानु । फुट्ने र मिल्ने अनि फेरि फुट्ने शैलीले आजीत कार्यकर्ताको मनोविज्ञान बुझेका थिए, नेताहरुले । र त्यही मनोविज्ञानको ‘अस्त्र’ बन्यो, ‘गीता छोएर कसम’ ।

राप्रपा नेताहरुले पार्टी एकताको औचित्यलाई सरकार र प्रतिपक्षीको नकामसँग जोडेका थिए । दुवै लायक नरहेकाले जनताले तेस्रो शक्ति खोजेको र त्यो शक्ति आफूहरु बन्ने उनीहरुको दाबी थियो । सायद उनीहरुको यो दाबी कसैले पत्याउने अवस्था छैन, तत्तकालका लागि । आम जनताको त कुरा छोडौं, आफ्नै कार्यकर्तामा पनि शंका देखियो । जो कार्यक्रममा उपस्थितहरुले प्रमाणित गरेर देखाए । यही कारण पनि उनीहरुले ‘गीता’लाई साहारा बनाएका हुन् ।

हिन्दू धर्मको पक्षपाती भएकाले ‘गीता’ लाई प्रतिक बनाउनु अस्वभाविक पनि होइन । त्यसैगरी ‘गीता’ देखाएर उनीहरु भारतीय सत्तारुढ पार्टी ‘बिजेपी’ पथ पकडेको संदेश दिन चाहान्छन् भनेर बुझ्नेहरु पनि छन् । तीन शीर्ष नेताहरुले राजसंस्थाभन्दा पनि हिन्दूराज्यलाई नै प्राथमिकतामा राख्नुले पनि यो कुरालाई केही हदसम्म पुष्टि गर्छ । सायद यो मुद्दाले ‘बैतर्नी’ तार्ने उनीहरुको विश्वास हुनसक्छ । सायद ‘गीता कसम’ यसैको प्रदर्शनी पनि हो । हेरौं यो भिडियोमा:

 

सम्बन्धित समाचारहरु

ताजा समाचार