अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ


अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको काठमाडौं अपराध महाशाखाले पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख एआईजी दिपक थापाले केसी पक्राउ परेको पुष्टि गर्दै भने ‘उनलाई आपराधिक विश्वास घातको अभियोगमा पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदै छ ।’

केसीले रामायण फिल्मका लागि दश लाख एड्भान्स लिएर साइन गरेको आरोप छ । उनले आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध कार्यालय, बानेश्वरमा गएको ८ गते उजुरी दिएकी थिइन् ।

त्यही उजुरीका आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको हो । ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् । 

Skip This
Logo