पञ्चायत कालदेखि नै भ्रष्टाचारका चाङ सर्दै आयोः पूर्वमन्त्री खड्का

पञ्चायत कालदेखि नै भ्रष्टाचारका चाङ सर्दै आयोः पूर्वमन्त्री खड्का


नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ पञ्चायत कालदेखि सर्दै आएको बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनता भूमिहीन भइरहेको अवस्थामा पनि नेताहरु कसको नाममा सम्पत्ति राख्ने भनेर बसिरहेको खड्काले टिप्पणी गरे ।

उनले भने, ‘भ्रष्टाचारका चाङ पञ्चायत कालदेखि नै सर्दै आइरहेका छन् । चाल्नो जस्तो भण्डार बोकेर जहाँ पनि चुहिएको चुहियै छ । भ्रष्टाचारको डङ्गुर छ । कोही भूमिहीन छन् । कसको नाममा मेरो सम्पत्ति राख्ने भनेर नेताहरु बसेका छन् ।’

भूमिहीन र सुकुम्बासीको पक्षमा बोल्न बुढानीलकण्ठको स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह नगरेको गुनासो पनि उनले गरे । बुढानीलकण्ठका जनतालाई बलियो बनाउन पार्टीको रुपान्तरण अभियान भएको उनको दाबी छ ।

Logo