एमाले कोसी अधिवेशनः चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन

एमाले कोसी अधिवेशनः चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन


नेकपा (एमाले) कोसी प्रदेश कमिटीको अधिवेशनबाट चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन भएका छन्। इलाम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार इलामबाट खुलातर्फ १० र महिलातर्फ पाँचजना निर्विरोध निर्वाचित भएका हुन्। यसैगरी ताप्लेजुङबाट आठ, सोलुखुम्बुबाट आठ र खोटाङबाट ९ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

अन्य जिल्लामा समेत सर्वसम्मतिको प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत चुणामणि आचार्यले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ९ बजेसम्म उमेदवारी फिर्ता लिने समय छ।

Logo