अभिनाशको कीर्तिमानी प्रदर्शनमा नेपाल क्वाटरफाइनलमा, बनायो अर्को रेकर्ड [भिडियाेसहित]

अभिनाशको कीर्तिमानी प्रदर्शनमा नेपाल क्वाटरफाइनलमा, बनायो अर्को रेकर्ड [भिडियाेसहित]


तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड)मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ। नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो। माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । 

अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन्। उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन्। यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५–५ विकेट लिएका थिए।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए। उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए। 

अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे। अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे। सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराउँदै सहज जितको आधार तय गरेका थिए।

नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए। अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन्। उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन्। यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५–५ विकेट लिएका थिए।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले।

युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे। कुशललाई नेपालले आज सातौं नम्बरमा खेलाएको थियो। 

नेपालले आज अन्य खेलाडीलाई मौका दिएको थियो। दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए। ओपनर आसिफ शेख ६ रनमै आउट भए। अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए।

एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए। सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए। पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए। गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए।

यसैगरी आजको खेलमा फेरी एउटा नयाँ रेकर्ड बनेको छ । एउटै टी–२० खेलमा ६ जना खेलाडी शून्यमा आउट भएको यो दोस्रो खराब रेकर्ड हो।

एउटै खेलमा सन् २०१९ मा चेक गणतन्त्रविरुद्ध टर्कीका ८ जना खेलाडी शून्यमा आउट भएका थिए। त्यतिबेला टर्कीको टोली २१ रनमा समेटिएको थियो। एउटै खेलमा ६ जना खेलाडी शून्यमा आउट गर्ने नेपाल एक्लो टोली भने होइन। यस्तो टी–२० खेलमा धेरै पटक भएको छ।

नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। जुन टि–२० आईमा हालसम्मकै फराकिलो जित हो। क्वाटरफाइनलको ड्र सोमबार हुनेछ।

तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड)मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ।

क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन्। शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ। क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएका थिए।

समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ। समूह बी बाट जापान र हङकङबीच प्रतिस्पर्धा छ। उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।

Logo