संविधान दिवसमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै रवि लामिछानेले गराए राष्ट्रपतिकाे ध्यानाकर्षण

संविधान दिवसमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै रवि लामिछानेले गराए राष्ट्रपतिकाे ध्यानाकर्षण


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण गराएका छन् । 

आइतबार केही नेतासहित शितल निवास पुगेका सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भेटेर संविधान दिवसको अवसरमा कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल)लाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएका हुन् ।  

ढकाललाई कैदमुक्त गराउन सरकारको सिफारिस कानूनको अभिष्ट विपरीत भएको उनकाे भनाई थियाे । 

हेर्नुहोस्, रास्वपाले राष्ट्रपति पौडेललाई बुझाएको ध्यानाकर्षण पत्र-
 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सभापति लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका थिए । ‘संविधान दिवसको दिन सम्माननीय राष्ट्रपतिज्यूले भोजको आयोजना गर्नुभएको थियो । त्यो भोजमा म त्यो रोल्पामा भएकाले सहभागी हुन पाइनँ। मलाई लागेको थियो त्यो संविधान दिवसको भोज थियो, संविधान दिवसको उपलध्यक्षमा । तर त्यो भोज त संविधान पाएको होइन रहेछ, दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति पार्टी रहेछ। म खुसी छु, त्यो पार्टीमा त्यो जुठो खानु परेन।’ लामिछानेले भनेका थिए,‘नेपाली जनताले ल्याएको लोकतन्त्रमा संविधान दिवसको अवसर पारेर मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुन गयो । रास्वपा घोर आपत्ति गर्न चाहन्छ।’

Logo