दिपक बस्नेतकाे पहिलो गीत “बोली मिठो” सार्वजनिक

दिपक बस्नेतकाे पहिलो गीत “बोली मिठो” सार्वजनिक


दिपक बस्नेतकाे पहिलो गीत “बोली मिठो” सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।

मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन् । सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका छन् । भिडियोमा चर्चित बेली डान्सर बन्दना बेली र दिपक बस्नेतलाई मुख्य भूमिकामा देखाइएको छ । सहायक कलाकारमा ड्रिम डान्स परिवार रहेका छन् ।

“बोली मिठी” गीतमा गाउँको पृष्ठभूमिबाट पढ्न बजार झरेको युवाको ठट्याैलीपन र किशोर अवस्थालाई उजागर गर्ने  कथा समेटिएको छ । गीत र म्युजिक भिडियो दुवैले दर्शकलाई रोमाञ्चित बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।

बस्नेतका अनुसार टिकटकमा नाच्ने र नचाउनेको लागि एउटा सदावार गीत निर्माण भएको छ । रोहन मगर र भिरन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन् । दिपक बस्नेतले निर्माण गरेको उक्त गीत आफ्नै युट्युव च्यानल अनुदिप क्रियशन मार्फत “बोली मिठो” बोलको गीत आईतबार सार्वजनिक गरिएको हो ।

Skip This
Logo