‘जबज’ को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ’ : मुख्यमन्त्री पौडेल

‘जबज’ को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ’ : मुख्यमन्त्री पौडेल


काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताएका छन् । उनले भने, “जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज पनि दिशानिर्देश गरिरहेको छ ।”

जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीरण गरेको जनाए।

सन्देशमा भनिएको छ, “आज नेपाल कम्युनिष्ट पार्टी ‘प्रतिस्पर्धा र श्रेष्ठता’ नीति अनुसार जनताको लोकप्रिय मत प्राप्त करीब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ । सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयत्नरत छ । यसर्थ हिजोका राजनीतिक अधिकार प्राप्तिको आन्दोलन मात्र होइन, आजको निर्माण र समृद्धिको आन्दोलनमा समेत जबजले मार्गदर्शन गरिरहेको छ । जबज जडसूत्रवाद होइन । माक्सवादको सिर्जनात्मक विकासको अत्यन्त सफल सिद्धान्त हो । जबजकै आलोकमा समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”

सामाजिक न्याय र जनअधिकारका मुद्दाहरुलाई संविधानमा सम्बोधन गरिएको, राजनीतिक स्थिरताको सुनिश्चिता भएको उल्लेख गर्दै सन्देशमा यी सबै जननेता भण्डारी र उहाँकै विचारको देन हो भनिएको छ ।रासस

Logo