एन्टर्क ओनर्स ग्रुपको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

एन्टर्क ओनर्स ग्रुपको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न


टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा  एन्टर्क ओनर्स ग्रुप (एनओजी)काे पहिलो पटक राइड सम्पन्न गरेको छ।

गत असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स) बाट सुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो।

उक्त राइडमा सहभागीहरू बीच विभिन्न गेमहरू पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।

Logo