गठबन्धन सरकारले कोशीमा स्वार्थका लागि संविधानलाई ‘प्यारालाइज’ गरेको ओलीको टिप्पणी

गठबन्धन सरकारले कोशीमा स्वार्थका लागि संविधानलाई ‘प्यारालाइज’ गरेको ओलीको टिप्पणी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले कोशी प्रदेशमा सरकार निर्माणको क्रममा आफ्नो स्वार्थ पूर्ति गर्न संविधानलाई ‘प्यारालाइज’ गरेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा गठबन्धन सरकारले गरेको कामले त्यसलाई प्रस्ट पारेको समेत उल्लेख गरे । उनले भने, ‘कोशी प्रदेश सरकार गठनको क्रममा प्रदेश सभामा देखिएका संविधान विरुद्धका ज्यादतिहरु र त्यसमा प्रधानमन्त्री र गठबन्धनले नेपथ्यबाट दिएका निर्देशन हेर्दा यो गठबन्धन सरकार आफ्नो स्वार्थका लागि संविधानलाई प्यारालाइज गर्न किञ्चित पछि नपर्ने स्पष्ट भएको छ ।’

उनले कोशीमा गठबन्धनको बलमिच्याइँ पुष्टि भएको समेत उल्लेख गरे । 

‘कोशीमा बलमिच्याइँ गरिएको छ । गठबन्धनले केन्द्रबाट आदेश लादेको छ । प्रदेश प्रमुखलाई निरीह बनाएको छ । त्यहाँका सभामुखलाई राजीनामा दिन बाध्य बनाएको छ । राजीनामा दिएबापत सभामुख फेरि दलको कठपुतली हुन मञ्जुर हुनुपर्ने अवस्थामा पुर्याइएको छ,’ अध्यक्ष ओलीले भने । 

Skip This
Logo