इटालीमा पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु

इटालीमा पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु


भेनिस ओभरपासमा इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु भएको छ । करिब ४० जना यात्रु बोकेको बस ‘एलिभेटेड ओभरपास’ बाट १५ मिटर तल खसेको र त्यसपछि आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार उत्तरी इटालीको भेनिस नजिकै विदेशी पर्यटक बोकेको बस एक ‘एलिभेटेड ओभरपास’बाट ५० फिट तल खसेर आगलागी हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १८ जना घाइते भएका छन् ।

मंगलबार साँझ स्थानीय समय अनुसार १९ः४५ बजे बारमा ठोक्किएर बस सडकबाट खसेको, बिजुलीको लाइनमा परेको र त्यसपछि आगो लागेको थियो । भेनिसका मेयर लुइगी ब्रुङनारोले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एक दुःखदायी दृश्य ।’ मृतकको सम्झनामा भेनिसमा आधिकारिक शोक घोषणा गरिएको मेयरले बताएका छन् ।

के कारणले भयानक दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।

भेनिस सहरका काउन्सिलर रेनाटो बोरासोले दुर्घटनामा घाइते भएका धेरैको अस्पतालमा अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । उनले भने, ‘यो एक भयानक त्रासदी हो, शहर शोकमा छ ।’

मारिनेमा पाँचजना युक्रेनी र एकजना जर्मन रहेको भेनिसका गृह मन्त्रालयका स्थानीय प्रतिनिधि मिशेल डि बारीले जानकारी दिएका छन् । बसमा फ्रान्स र क्रोएसियाका यात्रुहरू पनि सवार रहेको इटालियन समाचार एजेन्सी एएनएसएले जनाएको छ ।

समाचारमा उल्लेख भएअनुसार बस चकनाचुर भएको छ । अग्नी नियन्त्रकहरूलाई धेरै शवहरू बाहिर निकाल्न समस्या भएको छ । घाइतेमध्ये दुईजना रहेको बताइएको छ । मंगलबार साँझसम्म उद्धारकर्ताहरूले बसको भग्नावशेष हटाउन प्रयास गरिरहेका छन् । 

प्रधानमन्त्री जर्जिया मेलोनीले एक विज्ञप्तिमा सरकार पीडितहरू, उनीहरूका परिवारको साथमा रहेका बताएका छन् । इटालीमा हालैका वर्षहरूमा धेरै व्यक्तिको बस दुर्घटनामा परी मृत्यु भएको छ ।

Logo