एमाले कोशी प्रदेशका निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

एमाले कोशी प्रदेशका निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले लिए शपथ


नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बुधबार विराटनगरस्थित एक होटेलमा आयोजित विशेष समारोहमा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठबाट अध्यक्ष पदमा निर्वाचित घनश्याम खतिवडासहित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

अध्यक्ष पदमा खतिवडा प्रतिस्पर्धी एमाले नेता विनोद ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले पाँच सय १२ मत प्राप्त गरे । ढकालले चार सय ३० मत मात्रै पाए । 

उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा  जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । 

Logo