अर्थतन्त्रमा दबाब छ, पुनसंरचना गर्नुपर्छः मन्त्री बस्नेत

अर्थतन्त्रमा दबाब छ, पुनसंरचना गर्नुपर्छः मन्त्री बस्नेत


उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपालमा विकासको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

बिहीबार बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले पछिल्लो दशकमा सरकारले भोगिरहेको आर्थिक दबाबका कारण पनि विकासको शैली परिवर्तन जरुरी रहेको बताए । ‘विकासको मोड्यालिटीमा सुधारको जरुरी छ । अझ पछिल्लो दशकमा हामीले व्यहोर्नु परेको केही दबाबहरु छन् । अर्थतन्त्रमा परेको केही दबाबहरु छन् । अर्थतन्त्रको पुनसंरचना कै विषयमा सोच्नु पर्ने अवस्था छ ।’

योजनाहरु अलि महत्वाकांक्षी भएकी भन्ने प्रश्न उठेका कारण पनि कार्यान्वयनमा ढिलाई भईरहेको उनको भनाई छ । ‘अगामी २ वर्ष भित्र पूर्ण विद्युतिकरण गर्ने योजनाका साथ अगाडी बढेका छौं । दुई वर्ष भित्र कर्णाली प्रदेश र सुदुरपश्चिममा झरो बाल्ने टुकि बाल्ने यो सबै कुराकोअतय हुन्छ ।यसमा सकारको ध्यानाकर्षण भएको छ  । अरु प्रदेशमा यहि आर्थिक वर्षमा हामी पुरा गर्ने लक्षका साथ अगाडी बढेका छौं ।’

मन्त्री बस्नेतले बजेटको सिलिङ काम फागेनतिर आउँछ र सिलिनङ वितरण भने नहुने बताए। 

Logo