हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा पुगेपछि इरान सरकार त्रसित

हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा पुगेपछि इरान सरकार त्रसित


इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् । इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा परेकी ती बालिका कोमामा गएकी छिन् । हाल उनको कडा सुरक्षाबीच अस्पतालमा उपचार भइरहेको छ ।

यो घटनापछि इरानमा फेरी एकपटक त्यहाँका मानिसहरूले हिजाबलाई लिएर आवाज उठाउन थालेका छन् । कुर्द–केन्द्रित अधिकार समूह हेन्गोले यस घटनाको बारेमा बालिकाको नाम अर्मिता गरवन्द भएको जानकारी दिएकाे छ । तेहरान मेट्रो नजिकै महिला प्रहरी अधिकारीहरूसँग उनको बिबाद भएको थियो। सो क्रममा प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल पुग्दासम्म उनी कोमामा गएकी थिइन् ।

तर, इरानी प्रहरी अधिकारीहरूले यी आरोपहरू गलत भएको बताएका छन्। कम रक्तचापका कारण बालिका बेहोस भएको र उनलाइ उपचारका लागि प्रहरीले लगेको दावी गरेको छ । अधिकार समुह हेङ्गोले भने तेहरानको शोहदा मेट्रो स्टेशनमा तथाकथित नैतिक प्रहरीका एजेन्टहरूले समातेर र शारीरिक रूपमा कुटपिट गरेपछि गर्भान्डलाई गम्भीर चोट लागेको हाे । उसका अनुसार उच्च प्रहरी अधिकारीहरू कम रक्तचापका कारण उनी बेहोस भएको भन्ने बयान झुटो हाे ।

जनताको आक्रोश देखेर स्थानीय प्रहरी भने निकै सतर्क अवस्थामा रहेको छ । बालिकाको तेहरानको फजर अस्पतालमा कडा सुरक्षामा उपचार भइरहेको र अहिले पीडितलाई भेट्न कसैलाई अनुमति दिइएको छैन । कतिसम्म भने किशाेरीकाे परिवारका अरू सदस्यलाइ पनि भेटघाटमा रोक लगाइएको छ । 

हिजाब नलगाएको कारण पक्राउ परी एक बर्ष अघि हिरासतमा मृत्यु भएकी महसा अमिनीको मामला पछि इरानी सरकार बिरूद्द कुन स्तरसम्म विरोध प्रदर्शन भएको थियो ? त्यो इरानी सरकारले राम्रोसँग देखेको छ। महसा अमिनीको मृत्यु भएको एक वर्ष पछि फेरी अर्की बालिका कोमामा पुगे पछि इरानी सरकार यसमा निकै गम्भिर भएको देखिएको छ ।  किनभने अमिनीकाे हिरासतमा मृत्यु भए पछि केही महिनासम्म चलेको हिंसात्मक प्रदर्शनमा सयौं मानिस मारिएका थिए भने हजारौं पक्राउ परेका थिए।

धेरै संघर्ष पछि इरानी सरकारले यी प्रदर्शनहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो, त्यो अवस्था नआओस भनेर उ निकै सतर्क रहेको छ । त्यसैले अहिले बालिका माथी कुटपिट भएकाे  बिषय जिम्मा नलिइरहेकाे इरानी मिडियाले जनाएका छन। 

Logo