#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1431689820741047470302145
नेपाल9081

प्रधानमन्त्रीको टिममा ‘एक्टिङ डाइरेक्टर’को कमी ! (भिडियो सहित)

  • दिवस गुरागाईं-

१२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (३० फागुन) घर फर्किए । यो १२ दिन विगतमा उनी अस्पताल बसेर फर्के जस्तो सामान्य चाहिँ पक्कै थिएन । तर, यसलाई जबर्जस्ती सामान्य बनाउन खोज्दा भने सही संदेश प्रवाह भएन । यस्तो बुझिन्थ्यो, प्रधानमन्त्रीको टिममा ‘एक्टिङ डाइरेक्टर’को कमी छ ।

‘डिस्चार्ज’पछि प्रधानमन्त्रीलाई हिडाउँदै गाडी भएको ठाऊँसम्म लगियो । तीनतिरबाट पकडेर उनलाई अघि बढाईदै गरेको जो कोहीले देखे । एक पटक नमज्जाले धर्मराए प्रधानमन्त्री । किनभने त्यहाँ सानो खुड्किलो जस्तो थियो । जसलाई सजिलै नाघ्न सक्दैनथे उनी । त्यसैले धर्मराए ।

तर, प्रधानमन्त्री तन्दुरुस्त भएको देखाउनु थियो, सायद उनको ‘किचन क्याबिनेट’लाई । किनभने मिडिया जो बोलाईएको थियो । र, मिडिया मार्फत नै प्रधानमन्त्री तन्दुरुस्त भएको संदेश पठाउनु पनि थियो ।

तर, ‘किचन क्याबिनेट’ सफल भएन, सोचेजस्तो संदेश प्रवाह गर्न । किनभने दोस्रो पटक मिर्गौला फेरेका प्रधानमन्त्रीलाई ‘थिग्रिन’ नै मुस्किल परिरहेको थियो । र, भिडियो हेर्ने जो कोहीले उनलाई हिडाएकोमा निको मानेनन् । त्यो दृश्य जर्बजस्ती गरिएको बुझिन्थ्यो ।

त्यसो त ‘बडिल्याङवेज’को सवालमा प्रधानमन्त्री केपी शर्मा ओली समकालीन राजनीतिज्ञका तुलनामा माथि नै लाग्थे । भारत भ्रमणमा समकक्षीको अगाडि उनी सम्राट शैलीमा प्रस्तुत हुँदा संसारका नेपालीले शिर ठाडो पारे । अरुबेला पनि उनले ‘पर्फेक्ट’ प्रस्तुति दिँदै आएका थिए । गत फागुन मसान्तका दिन अस्पतालबाट ‘डिस्चार्ज’ हुँदै गर्दा भने उनी चुके । हिडेर देखाउनुपर्छ भनेर सल्लाह दिनेहरुप्रति दर्शक क्रुद्ध बने । मानौं ‘ह्वीलचेयर’मा राखेको भए बर्बाद नै हुन्थ्यो ।

त्यसबेला प्रधानमन्त्रीले यी ४ पक्षलाई देखाउनु नै थियो

पहिलो पक्ष

प्रधानमन्त्री ओली अब सक्रिय हुन सक्लान् वा नसक्लान् भन्ने दोधारमा छन्, आम नेपाली । त्यसैले उनीहरुलाई ठिक भएको संदेश दिनु थियो ओली र उनको ‘किचन क्याबिनेट’ले । त्यसैले अस्पतालबाट घर फर्किने दिनलाई नै मौका मानेर सदुपयोग गर्ने योजना बनाइएको हुन सक्छ ।

दोस्रो पक्ष

आफूलाई बौद्धिक वर्ग दावी गर्नेहरु भन्दै छन्, ‘केपी ओली विरामी पर्न सक्छन् । तर प्रधानमन्त्रीलाई विरामी हुने छुट हुँदैन ।’ यो सत्यबोध प्रधानमन्त्री ओलीलाई पनि थियो । त्यसैले उनी तन्दुरुस्त भएको संदेश दिन चाहन्थे ती तमामलाई ।

तेस्रो पक्ष

प्रधानमन्त्री ओली नेकपाका अध्यक्ष समेत हुन् । उनी दिर्घरोगी भएको खण्डमा सक्रिय राजनीतिका सम्बन्धमा बिचार गर्नुपर्छ भन्नेहरु पार्टीभित्र पनि सक्रिय हुन थालेका छन् । तिनीहरुलाई आफू तन्दुरुत भएको बताउनु थियो, ब्यवहारबाट ।

चौंथो पक्ष

प्रधानमन्त्री ओलीलाई ‘नर्मल’ मान्छे जस्तो हुन ६ महिनादेखि १ बर्षसम्म लाग्छ भनेर उनकै निजी चिकित्सकले सार्वजनिक अभिव्यक्ति दिएपछि ओली र उनको ‘किचन क्याबिनेट’ नमज्जाले झस्कियो । सायद उनीहरु ‘मेडिकल साइन्स्’लाई पनि गलत देखाउन चाहन्छन् ।

प्रधानमन्त्री ओली घर फर्किने दिन विवादमा पर्नुको मुलकारण उनलाई किन हिडाईयो भन्ने नै हो । जसको संभावित कारण माथि उल्लेख गरियो । अब प्रश्न उठ्छ, ‘ह्विलचेयर’मा राखेर गाडीसम्म पुर्‍याउँदा चाहिँ कस्तो संदेश जान्थ्यो ?

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको विरामीलाई घर फर्काउँदा ‘ह्विलचेयर’ स्वभाविक नै लाग्थ्यो । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला ‘ह्विलचेयर’मा नै घर फर्केकी थिइन् । त्यो दृश्यले पनि ओलीको घर फर्काइलाई ‘ह्विलचेयर’ स्वभाविक बनाइसकेको थियो । स्वभाविक नभएपनि त्यो तत्कालीन स्थिती हो भन्ने बुझाउन सकिन्थ्यो । उनी ‘ह्विलचेयर’ बसेर हात उठाउन सक्थे । मुस्काउन सक्थे । यत्तिले नै पुग्थ्यो ।

धर्मराउँदै हिड्दा जर्बजस्ती गरेको जुन संदेश गयो यसलाई काट्न अरु धेरै ‘फण्डा’हरुको ‘क्रिएसन’ गर्नुपर्ने हुन्छ । तर, जे गरेपनि जर्बजस्ती गरिएको संदेशले निरन्तरता पाउन सक्छ ।

अर्को कुरा अब फेरि अस्पताल जानु–आउनु परेको खण्डमा ‘ह्विलचेयर’ प्रयोग गर्नुपरे झनै गलत संदेश जान्छ । त्यतिबेला अवस्था तल झरेको बुझिनेछ । हिडाए पनि त्यसैको निरन्तरता बुझिनेछ ।

‘एक्टिङ डाइरेक्टर’ भएको भए, शुक्रबार साँझ त्यति हदसम्म ‘एक्स्पोज’ हुन्न थियो, सायद ।

 

भिडियो 

सम्बन्धित समाचारहरु