रिगलकाे आममाफी प्रकरणः मुद्दाकाे सुनुवाइ सकियो, फैसला आउन बाँकी

रिगलकाे आममाफी प्रकरणः मुद्दाकाे सुनुवाइ सकियो, फैसला आउन बाँकी


नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । 

श्रीमान चेतन मानन्धरको हत्याराविरुद्ध पत्नी भारती मानन्धरद्वारा दारयर रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ सकिएको हो । अब फैसला आउन बाँकी रहेको छ । 

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।

तर, नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । त्यसपछि चेतनकी पत्नी भारतीले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । 

Logo