इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो २८३ रनको लक्ष्य

इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो २८३ रनको लक्ष्य


साविक विजेता इंग्ल्यान्डले १३औं संस्करणको आइसिसी विश्वकप २०२३मा न्युजिल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डका कप्तान टम लाथमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८२ रन बनाएको हो ।  इंग्ल्यान्डका लागि जोय रुटले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेल्नुबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन । 

त्यस्तै, कप्तान जस बटलरले ४३ रन, जोनी बेयरस्टोले ३३ रन तथा ह्यारी क्रुकले २५ रन बनाए । लियाम लिभिङस्टोन २० रनमै समेटिँदा डेविड मलान १४ रनमा आउट भए । साम करन १४ रन र क्रिस वोक्स ११ रनमा आउट भए ।

बलिङमा न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले ३ विकेट लिए भने स्पिनर मिचेल सान्टनार र ग्लेन फिलिप्सले समान २/२ विकेट लिँदा ट्रेन्ट बोल्टले १ विकेट लिए । 

सन् २०१९ को विश्वकपमा इंग्ल्यान्डले सुपर ओभर पनि टाई भएपछि चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । त्यसकारण पनि आज न्युजिल्यान्ड बदला लिने दाउमा छ । 

Logo