#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32413884987742749756023928582
नेपाल693014531843750411

काठमाडौं वर्ल्ड स्कूलले बाँड्यो निःशुल्क मास्क र ह्याण्ड स्यानिटाइजर (भिडियोसहित)

अहिले विश्वसमुदाय कोरोना भाईरस (कोभिड १९) को सन्त्रासबाट गुज्रिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको सूचीमा समावेश गरेपछि यसले नेपालको पर्यटन र विकास निर्माण लगायत विभिन्न क्षेत्रमा नराम्ररी असर पारेको छ ।

कोरोनाको त्रास बढेसँगै नेपालमा कृतिम अभाव सिर्जना हुन थालेको छ । जसका कारण विशेष गरि मास्क र ह्याण्ड स्यानिटाइजरको  कालोबजारी हुन थालेको छ ।

शनिबार भक्तपुर गुण्डुमा अवस्थित काठमाडौं वर्ल्ड स्कूलले सर्वसाधारणलाई निःशुल्क मास्क र ह्याण्ड स्यानिटाइजर वितरण गरेको छ । स्कुलले ललितपुरको लबिम मलमा ‘फाईट एगेन्ट्स कोरोना’ क्याम्पियन मार्फत कोभिड १९ कोरोना भाईरस सम्बन्धी जनचेतनामुलक जानकारी दिँदै मास्क र ह्याण्ड स्यानिटाइजर वितरण गरेको हो ।

स्कुलले यस अघि पनि ललितपुरका विभिन्न ठाँउहरुमा क्याम्पियन खडा गरि मास्क र ह्याण्ड स्यानिटाइजर वितरण गरिसकेको स्कुलका एकेडेमिक डाईरेक्टर केशरबहादुर खुलालले बताए ।

नेपाली शैक्षिक क्षेत्रमा उत्कृष्ठ पहिचान बनाउन सफल अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था काठमाडौं वर्ल्ड स्कूलले स्थापना कालदेखि नै आफ्ना विद्यार्थीहरुलाई विभिन्न सामाजिक क्रियाकलापका साथै प्रयोगात्मक कार्यक्रमहरुमा सहभागी गराउँदै आएको छ ।

नेपालमा गुणस्तरीय अध्ययन अध्यापन हुन्न भन्ने निश्कर्षलाई गलत साबित गर्दै यस शैक्षिक संस्थाले २१औं शताब्दीको विश्वका लागी आवश्यक गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

भुकम्प प्रतिरोधात्मक आफ्नै बिल्डिङ र मनमोहक शान्त वातावरणमा दक्ष अध्यापक र ब्यवस्थापन टीमद्वारा अध्ययन अध्यापन गराईने भएकोले छोटो समयमा नै यस शैक्षिक संस्था विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाई बन्न पुगेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार