‘इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स, सोसाइटी एण्ड कल्चर’ सम्मेलन काठमाडौंमा सुरु

‘इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स, सोसाइटी एण्ड कल्चर’ सम्मेलन काठमाडौंमा सुरु


वुमन इन साइन्स एण्ड टेक्नोलोजी (डब्लुआईएसएच) र नेपाल एक्वाकल्चर सोसाइटी(एनएएस)ले दुई दिने ‘इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स, सोसाइटी एण्ड कल्चर’ (आइसीएससी–२०२३) सम्मेलन काठमाडौंमा सुरु भएकाे छ । 

गाैशालास्थित एक हाेटलमा सुरु भएकाे सम्मेलनमा अमेरिका, भारत, युएनडिपी र बंगलादेशबाट आएका शिक्षा विद्हरुको उपस्थिती रहेको छ । ‘दिगो संस्कृति र हरित वृद्धिमार्फत गरिबीलाई समृद्धिमा रूपान्तरण’ भन्ने मुख्य विषयवस्तु बनाएर छलफल गरिएको छ । 

सम्मेलनमा मुख्य अतिथिका रुपमा उपस्थित रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स, सोसाइटी एण्ड कल्चर’ सम्मेलनलाई बुद्धि साटासाट गर्ने कार्यक्रम भनेका छन् । यो कार्यक्रमले नेपालको विज्ञान प्रविधि र संस्कृतीको क्षेत्रमा सहकार्य गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा सहभागीहरुले विज्ञानलाई समाजसँग जोड्न सकेमात्र वैज्ञानिक अनुसन्धानका उपलब्धी कामयाव हुने बताएका छन् । आधुनिक विज्ञानले सफलताको अधिकतम विन्दुमा पुग्दा आम नागरिकको दैनिकी र वैज्ञानिक खोजको उपलब्धी तालमेल नहुँदा विज्ञानका उपलब्धीलाई मानिसको सफलतासँग जोड्न सकिएको छैन। 

नेपालसहित दक्षिण एसियाका केही मुलुक अझै गरीबीको रेखामुनी छन् । उनीहरूलाई रोजगार र आधुनिक काम तथा व्यवसायसँग जोड्न सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Logo