कांग्रेसलाई सरकारकाे बाटो खुला गर्न प्रचण्डलाई शेखर कोइरालाको आग्रह [भिडियाेसहित]

कांग्रेसलाई सरकारकाे बाटो खुला गर्न प्रचण्डलाई शेखर कोइरालाको आग्रह [भिडियाेसहित]


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अप्पठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले देशमा जताततै अराजकता रहेको र अहिलेको परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्दैै बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे । 

उनले भने, ‘कतै पनि कुनै पनि तरिकाले देश अगाडि बढेको छैन । त्यसकारण यो सरकार सच्चिनु पर्यो, सच्चिन सक्दैनौँ भने छोड्न पर्यो । अरु विकल्प छैन ।’ 

नेता कोइरालाले प्रधानमन्त्रीले आगामी २०८४ को चुनावमा माओवादीलाई जिताए जातीय राज्य दिन्छु भनेको प्रसंग गैरजिम्मेवार भएको उल्लेख गर्दै सो विषय नेपाली जनताको लागि दुर्भाग्यपूर्ण भएको बताए । ‘उहाँ यो देशको प्रधानमन्त्री होकी पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने जे गरेपनि हुन्छ । तर, देशको प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्न मिल्दैन् । देशको प्रधानमन्त्री विराटनगर गएर के भन्नु हुन्छ, ०८४ को चुनावमा मलाई भोट देउ, माओवादीलाई जिताउँ जातिय राज्य दिन्छु । उहाँको खल्तीबाट जातिय राज्य निकाल्दै दिने होकी, प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो गैर जिम्मेवार कुरा आउनु नेपाली जनताको लागि दुर्भाग्य हो,’ उनले भने । 

नेता कोइरालाले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै यो अवस्थालाई सम्हाल्न र अराजकताहरुलाई समाप्त गर्न नेपाली काङ्ग्रेसले मात्रै सक्ने दाबी गरे ।  

उनले भने, ‘देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक, राजनीति, सामाजिक, धार्मिक र कुटनीतिक अराजकता पनि आईसकेको छ । यसलाई सम्हाल्न नेपाली काङ्ग्रेसबाहेक नेपालमा कुनै पनि लोकतान्त्रिक पार्टी छैन् । यसले यो अवस्थालाई सम्हाल्न सक्छ । नेपाली काङ्ग्रेसले मात्रै अराजकताहरुलाई समाप्त गर्न सक्छ ।’ 

याे समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo