कोशी प्रदेशः मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

कोशी प्रदेशः मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय


कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् ।  

गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

माओवादी केन्द्र कोशी प्रदेशका सांसद पूर्व मन्त्री बाबुराम दाहाल आकाशले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए । ‘दलहरुको आन्तरिक बैठकले गरेको निर्णय गठबन्धन दलको संयुक्त बैठकले पनि अुनमोदन गरेको हो । यति बुझौं न गठबन्धन दलले अहिलेको सरकारलाई  विश्वासको मत नदिने निर्णय छ,’ उनले भने ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

Logo