करातेमा एरिका गुरुङले नेपाललाई दिलाइन् ऐतिहासिक रजत पदक

करातेमा एरिका गुरुङले नेपाललाई दिलाइन् ऐतिहासिक रजत पदक


चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

महिला ६८ किलो तौल समूहमा फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भइन् । तर, नेपालका लागि ऐतिहासिक रजत पदक भने दिलाइन् ।  

सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी थिइन् । तर, फाइनलमा भने उनी स्तब्ध हुन पुगिन् । 

एसियाडकै इतिहासमा नेपाललाई गुरुङले करातेमा पहिलो रजत तथा समग्रमा मुलुकलाई तेस्रो रजत पदक जिताएकी हुन् । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक ल्याएका थिए । 

Logo