सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व


तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।  सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ । 

Logo