इजरायल घटनाबारे संसदमा परराष्ट्रमन्त्री साउदले भने- केही नेपालीकाे हताहत भएको हुनसक्छ [भिडियाे]

इजरायल घटनाबारे संसदमा परराष्ट्रमन्त्री साउदले भने- केही नेपालीकाे हताहत भएको हुनसक्छ [भिडियाे]


परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री साउदले इजरायलमा नेपालीहरुमा भएको हिंसाको घटनामा नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराउँदै इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार, आक्रमणमा परेका नेपालीको उद्धारबारे सरकार गम्भिर रहेको बताए । 

उनले भने,‘नेपाली दूतावासका अनुसार गाजा क्षेत्रमा अयनका लागि रहेका १७ जना नेपालीहरु मध्य २ जना सकुशल रहको ३ जना घाइतेको उपचार निजी अस्पतालमा भइरहेको छ । बाँकी १२ जना मध्य केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । नेपाल सरकारले यसलाई गम्भिर रुपमा लिएको छ ।’

परराष्ट्रमन्त्री साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए । 

त्यस्तै कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । उद्धार कार्यको लागि आवश्यक निर्णय लिने सम्वन्यन तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु सकारले गर्ने उनको भनाई छ । 

उनले आजै मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था ,सुरक्षा र उद्धार सम्बन्धमा  साउदले कुराकानी गरेका हुन् ।

याे समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo