#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659024738832830190423182877
नेपाल230092013278

सार्क भिडियो कन्फ्रेन्स : आपतकालीन कोष स्थापनाका लागि भारतको प्रस्ताव (भिडियोसहित)

काठमाडौँ ।

कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न आपतकालीन कोष निर्माणका लागि भारतले सार्क राष्ट्रहरु समक्ष प्रस्ताव राखेको छ ।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ ) राख्ने घोषणा समेत गरे । आपतकालीन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्र मध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखेका थिए । भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउँदा दिनमा यसको संक्रमण बढ्न दिनु हुँदैन । इमर्जेन्सी फण्ड निर्माण गरौँ त्यसका लागि भारतले १० मिलियन डलर फण्डमा राख्छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोनाविरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए ।

मोदीको सक्रियतामा आज सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँच भागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौति सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गरे । उनले कोरोना भाइरसको संक्रमणबाट नआत्तिन तथा नजर अन्दाज पनि नगर्न आग्रह गरे ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नु पर्नेमा उनले जोड दिए । भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कम गर्दै लैजाने प्रतिवद्धता जनाए । अस्पतालमा आवश्यक पर्ने जनशक्तिदेखि सबै किसिमका प्रविधि र पुर्वाधारको क्षमता अभिवृद्धि गर्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको भन्दै २ महिना भित्र संक्रमण नियन्त्रण गर्ने दाबी पनि उनले गरे ।

हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार