इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग म्यानचेस्टर सिटी पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग म्यानचेस्टर सिटी पराजित


इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले साविक विजेता म्यानचेस्टर सिटी माथि जित हासिल गरेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ग्याब्रिएल मार्टिनेलीको गोलमा १-० जित निकालेको छ।

गत सिजनको शीर्ष दुई टोली बीचको खेललाई उत्सुकताका साथ हेरिएको थियो। अन्त्यमा आर्सनलले बाजी मार्यो। आर्सनलले सिटी फरवार्डहरुलाई गोलका स्पष्ट मौकाहरु बनाउनबाट रोक्यो। नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डलाई गोलका लागि सर्ट प्रहार गर्नबाट असफल बनायो।

आर्सनल अरु खेलहरु भन्दा केही संयमित भएर खेलेको थियो। खेलमा गोल भने ७६औं मिनेटमा निस्केको थियो। पेनाल्टी बक्सको बाहिरबाट मार्टिनेलीले गरेको शसक्त प्रहारमा बल नेथन आकेको अनुहारमा लागेर गोलमा परिणत भएको थियो। सिटीका गोलकिपर एडेरसनले त्यो प्रहारलाई रोक्न कुनै मौका पाएनन्।

जित पछि आर्सनल २० अंक सहित तालिकाको दोस्रो उक्लेको छ। समान २० अंक रहेको टोटेनहम समान गोल अन्तर भएपनि बढी गोलका कारण शीर्षस्थानमा छ। यो सिजन शीर्ष २ टोलीले कुनै खेल हारेका छैनन्। पराजित सिटी १८ अंक सहित तेस्रो स्थानमा झरेको छ। सिटीले ८ खेलमा ६ जित र २ हार बेहोरेको छ।

Logo