बैद्य इनर्जीले नेपाल भित्र्याउँदै एथर इलेक्ट्रीक स्कुटर

बैद्य इनर्जीले नेपाल भित्र्याउँदै एथर इलेक्ट्रीक स्कुटर


बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ। भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको हो। 

बैद्य अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ। 

एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन्। 

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन्। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्। 

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ। 

भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ। न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक वितरण पाएका कम्पनीले जनाएको छ। यसलाई हामीले बस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिइएको बताइएको छ।

'हामी सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौ। त्यसले हाम्रा उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने छ। त्यसमा एथरका उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ,' कम्पनीले भनेको छ। 

बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले बताए। 

आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्य भने, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ। एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं। कटिङ एज टेक्नलोजीमा आधारित इलेक्ट्रीक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं।’

‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौं। हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ। त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौं। साथै, ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौं ।’ सीईओ बैद्यले भने।

नेपालमा यथर इनर्जीको उत्पाधन बिक्री बितरण गर्न लागेको बारे जानकारी दिँदै एथर इनर्जी भारतका प्रबन्धक तरुन मेहता र स्वप्नील जैनले अन्तराष्ट्रीय बजारमा प्रवेश गरिएको त्यो प्रवेश बिन्दु नेपाल भएको बताए। 'त्यसमा हामी निकै खुशी छौं। क्लीन इनर्जी मा नेपालले जुन किसिमको सफलता हासील गरेको छ। त्य क्लीन इनर्जी बाट संचालन हुनु यथरका बिद्युतिय साधन आगामी नोभेम्बर (कार्तिक) बाट उपलव्ध गराउने छौं। अटो मोबाइल भविष्यमा नेपाल कै पुरानो र प्रतिष्ठीत कम्पनी संग मिलेर हाम्रा उत्पादन नेपालमा उपलव्ध हुंदा ग्राहकहरुले उत्कीष्ट सेवा पाउनेमा ढुक्क छौं,' उनीहरू भन्छन्। 

एथर इनर्जी एक प्रख्यात हाईपफर्मेन्स इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने कम्पनी हो। यसको स्थापना नै नवीनतम र श्रेष्ठ डिजाइन मार्फत प्रयोगकर्तालाई आकर्षक फाइदा प्रदान गर्ने रहेको छ। 

Logo