#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1468838854451066911316482
नेपाल9081

रामचन्द्रलाई सिटौलाको कडा जवाफदेखि अमेरिकाले बनायो कोरोना भाइरसको खोपसम्म (भिडियोसहित)

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्येबाँदरको बन्ध्याकरण गर्न माग गर्दै खोटाङका किसानहरुले आन्दोलन गरेका छन् । बाँदरले  लगाएको सम्पूर्ण बाली  नष्ट गरेको भन्दै हलो, जुवा, दाँते र कोदालोसहित किसानहरु सडकमा उत्रिएका हुन ।

त्यस्तै अमेरिकाले विश्वभर महामारीको रुपमा फैलिँदै गएको नोवेल कोरोना भाइरस नियन्त्रणका लागि खोप तयार पारेको छ ।एमआरएनए–१२७३ नाम दिइएको उक्त खोपलाई पहिलो चरणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीमा परीक्षण गर्न लागिएको हो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रामचन्द्र पौडेललाई कडा जवाफ दिएका छन् । सोमबार गौशालाको अनुपम फुडल्याण्डमा पार्टीको आगामी १४ औं महाधिवेशनको रणनीतिबारे छलफल गर्दै उनले नेता पौडेललाई कडा जवाफ दिएका हुन् ।

त्यस्तैगरी चीनबाट शुरु भएको कोभिड १९ भाइरस नियन्त्रण गर्न सबै देशमा विभिन्न उपाय अपनाइएको छ । संक्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट र बिदाइमा गरिने चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा नमस्कार गर्न थालिएको हो ।

काठमाडौंमा प्रहरीले विशेष अपरशेन शुरु गरेर ११ लाख थान बरामद गरेको मास्क बजार पठाउने तयारी भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै कृत्रिम अभाव देखाउँदै काठमाडौंका विभिन्न ठाउँमा लुकाएर राखिएका माक्स बरामद गरी बजार लैजाने तयारी गरिएको हो ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार