आज अन्तर्राष्ट्रिय बालिका दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय बालिका दिवस, विविध कार्यक्रम गरी मनाइँदै


आज अन्तर्राष्ट्रिय बालिका दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको  नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहणमा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तक्र्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाए ।

Logo