हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार कतिमा खुल्यो ?

हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार कतिमा खुल्यो ?


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । 

बुधबार स्पेसल प्रि-ओपनिङ सेसनमा हाथवे इन्भेष्टमेन्ट नेपालको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । 

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘एचएटीएचवाई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ । हाथवे इन्भेष्टमेन्टको चुक्ता पुँजीका आधारमा कायम कुल २ करोड ३४ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

मान्डु हाइड्रोपावको पहिलो कारोबार प्रतिकित्ता ३७३.२० रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको छ । ‘एमएएनडीयु’ संकेतमा यसको सेयर कारोबार भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

Logo