सरकारी ढिलासुस्तीले नेपालमा आशा गरे जस्तो लगानी भित्रिन सकेनः अध्यक्ष ढकाल

सरकारी ढिलासुस्तीले नेपालमा आशा गरे जस्तो लगानी भित्रिन सकेनः अध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी ढिलासुस्तीले गर्दा पनि लगानी नेपालमा आशा गरे जस्तो लगानी नभित्रिएको तर्क गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ढकालले कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाएका हुन् । 

‘नेपालमा संचालित प्राय सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ । कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? सम्माननीय प्रधानमन्त्रीज्यू यदि त्यसो हो भने सुधार आवश्यक छ ।’

अर्थतन्त्रमा निराशा एउटा सूचक भएको बताएका अध्यक्ष ढकालले यस्ता सूचकहरु बढ्दै गए अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिए । नेसनल व्यूरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो ।’

Logo