न्यायाधीश अभावका कारण सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

न्यायाधीश अभावका कारण सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।  

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण पेशी नचढी स्थगित भएको हो। स्रोतका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्।

सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौँ अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन। असोजमा दुईपटक पेसी चढे पनि स्थगित भएको थियो । उक्त पेशीकै कारण उनी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न टोलीसँग जान पाएका थिएनन् । अहिले पनि नेपाली क्रिकेट टोली विश्वकप छनोटका लागि भारतमा प्रशिक्षण गर्र्दैछ । तर, सन्दीप भने गएका छैनन् । 
 

Skip This
Logo