एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकालाई सम्मान

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकालाई सम्मान


चीनको होङझावमा सम्पन्न १९औँ एसियाली खेलकुद करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ । 

एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई खेलको प्रशंसा र सफलताको लागि उनी पढेको स्कूल शुभकामना बोर्डिङले आज सम्मान गरेको हो । सम्मानपछि एरिकाले आफ्नो स्कूललाई प्रतिनिधित्व गरेको र मेहनतको फल पाएको भन्दै खुशी व्यक्त गरिन् । 

सम्मानपछि छोटो प्रतिक्रिया दिंदै उनले भनिन्, ‘आफ्नै स्कूलबाट यसरी सम्मानित हुन पाउँदा एकदकै खुशी लागिराको छ । आफूले गरेको कडा मेहनतलाई सम्झिँदाखेरी मैले गरेको त्यो दुःखलाइ विर्सन लागिसके । भविष्यमा अझै धेरै स्कूललाई चिनाउँन पाउँ ।’

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन् । तर, एसियाडको इतिहासमा नेपाललाई करातेबाट पहिलो रजत उनले दिलाइन् ।

Logo