दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य, डि ककको लगातार दोस्रो शतक

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य, डि ककको लगातार दोस्रो शतक


ओपनर क्विन्टन डि कक शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । 

लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३११ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि बायाँहाते ओपनर डि ककले सानदार शतकीय इनिङ खेले । १०६ बलमा उनले १०९ रन जोडे । जारी विश्वकपमा उनको यो लगातार दोस्रो शतक हो । यसअघि उनले श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । 

साथै मध्यक्रमका ब्याटर एडेन माक्ररमले ५६ रन बनाउँदै आउट भए । माक्ररमले श्रीलंकाविरुद्ध विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए । कप्तान टेम्बा बभुमा ३५ रनमा आउट भए । 

बलिङमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान २/२ विकेट लिए । एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिए ।
 

 

Logo