#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30407457951473736378822092196
नेपाल615933901738343820

बैशाखदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आउने

काठमाडौं ।

सरकारले ०७३ जेठ १७ देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट छपाइ सुरुवात गरेको थियो । तर त्यसमा प्रयोग भएको अक्षर अङग्रेजी मात्रै भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि छपाई नै रोकिएको थियो ।

सरकारले यसरी मुद्दा परेपछि रोकिएको सवारी साधनमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट राख्ने काम पुनः सुरु गर्ने भएको छ । गत मंसिर २७ मा सर्बोच्च अदालतले उक्त रिट खारेज गरेपछि यातायात व्यवस्था विभाग पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको छ । नयाँ नम्बर प्लेट राख्ने प्रक्रिया पुनः सुरु गर्न विभागले सम्पूर्ण तयारी पूरा गरिरहेकाले आगामी बैशाखबाट नै जडान सुरु गरिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार अहिले विभागले ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट छपाइ गर्न ०७३ बैशाखमा ठेक्का सम्झौता भए अनुसार नै इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनी डेकाटु टाइगर तयार भएकाले विभागले कर्मचारीहरुलाई तालिम समेत दिइसकेको छ ।

उनले भने ‘हामीले सर्वोच्चले रिट खारेज गरेपछि कम्पनीसँग छलफल गरी तयारी अवस्थामा रहन भनेका थियौं । त्यही अनुसार कम्पनी पनि तयार भएकाले हामीले चैत अन्तिमसम्म प्लेट छपाई सकेर बैशाखदेखि सवारी साधनमा लागू गर्ने तयारीमा छौं ।’

विभाग तयार अवस्थामा रहेको तर यातायात कार्यालयहरु प्रदेश मातहत गइसकेकाले सफ्टवेयर बनाउने र कर्मचारी व्यवस्था लगायतको तयारी गर्नु पर्ने भएकाले केही ढिला भएको उनको भनाइ छ । अब सबै प्रदेश कार्यालयहरुले सम्पूर्ण तयारी पुरा गर्ने वित्तिकै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको काम थाल्ने विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले डेकाटुर टाइगर कम्पनीलाई ४ करोड ३७ लाख ८७ हजारमा पाँच वर्षभित्र २५ लाखवटा इम्बोस्ड नम्बर प्लेट बनाउन जिम्मा दिएका थिए । डेकाटुरलाई ठेक्का दिइएपछि ०७४ भदौ ४ देखि इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरिएको थियो । इम्बोस्ड नम्बर प्लेट लागू गरिएपछि नेपाली भाषामा नभएको, राष्ट्रिय भाषाको अपमान भएको तथा ठूलो आर्थिक चलखेल भएको भन्दै इम्बोस्ड नम्बर प्लेट छपाइको काम तत्काल रोक्न माग गर्दै अधिबक्ता भरत बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा ०७४ फागुन १० गते तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले इम्बोस्ड नम्बर प्लेट तत्कालका लागि लागू नगर्न आदेश जारी गरेको थियो । त्यसको करिब दुई वर्षपछि गत मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको सयुक्त इजालाशले रिट खारेज गरेको थियो । उक्त रिट खारेज भएसँगै पुनः जडानको काम सुरु गर्न लागिएको विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट कुन कुन सवारीमा अनिवार्य ?

यातायात क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनको लागि इम्बोस्ड नम्बर प्लेट सुरु गरिएको हो । सुरुमा सरकारी सवारी साधनमा अनिवार्य गरिने भएको छ भने यसको प्रभावकारितालाई हेरेर विस्तारै निजी सवारीसाधनमा समेत अनिवार्य गर्दै लगिने महानिर्देशक हमालले केन्द«बिन्दुलाई बताए ।

यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट सुरु गरी अदालतले रोक लगाउनु अघि नै दुई हजार भन्दा बढी निजी तथा सरकारी सवारीसाधनमा जडान गरिएको छ ।

पहिला तोकेकै कर तिर्नु पर्ने

इम्बोस्ड नम्बर प्लेट भनेको कुनै पनि सवारीमा जडान गरिने चिप हो । इक्बोस्ड जडान गर्नु भनेकै सवारीमा चिप राख्नु हो । सवारीमा राखेको चिपमा सवारीसाधन सम्बन्धी सम्पूर्ण विवरण राखिएको हुन्छ । उक्त चिप रिड गर्न विभिन्न ठाउँहरुमा गेटहरु निर्माण गरिएको हुन्छ । गेट पार गर्ने सवारीसाधनको विवरण रिड भएर गेटले नै अटो इन्ट्री गर्छ । जसको विवरण ट्राफिक प्रहरीले आफ्नै कार्यालयमा बसेर हेर्न सक्ने व्यवस्था गरिएको हुन्छ ।

विभागले दुई पांग्रे, तीन पांग्रे, चार पांग्रे र ठूला सवारीसाधनलाई चार भागमा विभाजन गरेर नम्बर प्लेटमा लाग्ने करको दर निर्धारण गरेको छ । यो करको दर ०७३ मा नै निर्धारण गरिको हो । यसमा दुई पांग्रे सवारीसाधनका लागि २ हजार ५०० रुपैयाँ, तीन पांग्रेका लागि २ हजार ९०० रुपैयाँ, चार पांग्रेका लागि ३ हजार २०० र ठूला सवारीसाधनका लागि ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।

सार्वजनिक सवारी साधनमा पहेंलो प्लेटमा कालो अक्षर, निजी सवारीसाधनमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो नम्बर प्लेटमा रातो अक्षर, कूटनीतिक सवारीमा सेतो प्लेटमा नीलो अक्षर राखिने छ । त्यस्तै अहिले अङग्रेजी अक्षर नै लेखिने तथा प्रदेशको ठाउँमा प्रदेशको नाम लेखिने भएको छ भने इम्बोस्ड नम्बर प्लेट जडान बागमती प्रदेशबाट नै सुरु गरिने विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार