सन्दीपले त्रिदेशीय ट्वान्टी-२० शृङ्खला नखेल्ने

सन्दीपले त्रिदेशीय ट्वान्टी-२० शृङ्खला नखेल्ने


नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी-२० शृङ्खला नखेल्ने भएका छन्। बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृङ्खलामा आफू सहभागी नहुेने जानकारी गराएका हुन्।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन्। "भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय लिएको छु । म जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु," उनले लेखेका छन्।

सन्दीपविरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ। घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ ।

Logo