#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32131180982517744432823704335
नेपाल678044361741449954

कालोबजारी रोक्न सरकारलाई निर्देशन

काठमाडौं ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएको ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो । बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएको जनाइरहँदा कोभिड–१९ (कोरोना) भाइरसको त्रास देखाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेका छन् । कोरोनाका कारण दैनिक उपभोग्य वस्तु, औषधिलगायत अत्यावश्यकीय वस्तुको अभाव तथा सहज आपूर्तिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्न समितिको बैठक बसेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार