#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31829935976356742233623431243
नेपाल678044361741449954

कोरोना रोक्न सरकारको तयारीदेखि ट्रम्पद्वारा कोरोनालाई चाइनिज भाइरसको संज्ञासम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये कोरोना भाइरसबाट हुन सक्ने संभावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २ सय ३५ वटा आइसियु बेडहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरसको संज्ञा दिएका छन् ।

यस्तै अमेरिकन आइडलको हलिउड वीकमा नेपाली गायक दिवेश पोखरेलले दिएको प्रस्तुतीको चर्चा चुलिएको छ ।

यता नेपाली भूमिमा भारतीय प्रहरी प्रवेश गरेका छन् । सोमबार हरियाणा प्रहरीका तीन अधिकारीहरु बर्दीमा नेपाल प्रवेश गरेका हुन् ।

यसैगरि नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालको कार्यकाल बुधबार सकिन लागेको छ । गभर्नर नेपालले आफ्नो पाँच वर्ष कार्यकाल पूरा गर्दै बुधबार राष्ट्र बैंकबाट विदा लिन लागेका हुन् । थप विवरण हेरौं यो भिडियोमा :

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार