सरोकार समितिको निर्देशन प्रधानमन्त्री कार्यालयले कार्यान्वयन नगरेको सभापति रावलको गुनासो

सरोकार समितिको निर्देशन प्रधानमन्त्री कार्यालयले कार्यान्वयन नगरेको सभापति रावलको गुनासो


राष्ट्रिय सभा अन्तर्गतको,राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले समितिले जारी गरेको निर्देशन प्रधानमन्त्री कार्यालयले कार्यान्वयन नगरेको गुनासो गरेकी छिन्।

शुक्रबार राष्ट्रिय सभामा उनले प्रधानमन्त्री कार्यालयले जनता र संसद्प्रति जवाफदेही र उत्तरदायी बनाउनलाई समितिले जारी गरेका निर्देशनहरू कार्यान्वयन नगरेको भन्दै सरकार र राज्य सञ्चालन गर्ने जिम्मेवार निकायहरूलाई संविधान र कानूनप्रति संवेदनशिल बन्न आग्रह गरिकी हुन्। 

उनले भनिन्,‘सरकालाई जनताप्रति ,संसदप्रति जवाफदेही र उत्तरदायी बनाउनलाई गरेका अध्ययन अनुसन्धान ,सरकारलाई सहयोग गर्न जारी गरेका निर्देशनहरू कार्यान्वयन नगर्ने सबभन्दा बढि प्रधानमन्त्री कार्यालय बेरुजु देखाउने अर्थ मन्त्रालय छ। स्वास्थ्य सम्बन्धी समस्याहरू छ,सरकार र राज्य सञ्चालन गर्ने जिम्मेवार निकायहरू र पदाधिकारीहरू संविधान र कानूनप्रति संवेदनशिल बन्न आग्रह गर्दछु।’

उनले तहगत संघीय सरकारका अन्तर मन्त्रालयबीच समन्वयको अभाव रहेको बताइन्। उनले भनिन्,‘अन्तर मन्त्रालय,अन्तर निकाय समन्वय पटक्कै छैन। एकात्मक राज्य प्रणाली हुँदा पनि मन्त्रालयबीचको समन्वयको अभावअहिले तहगत सरकारमा छ। यसमा पनि समन्वय छैन। संघीय सरकारका अन्तर मन्त्रालयबीच पनि छैन।’ 

Logo