#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31878407977155742556523475687
नेपाल678044361741449954

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं ।
मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको ६ लेन सडकमा मंगलबार एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कोटेश्वरबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नं.को स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशलटारमा बा ५८ प १६७७ नं.को अर्को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक श्रेष्ठ घाइते भई नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरीले स्कुटर चालक मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने १८ वर्षीया इशा ढेकेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु