#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30358087950635736103522046417
नेपाल595733831624142949

भीमफेदी–कुलेखानी सडकखण्ड विस्तारको काम छिटो सक्न निर्देशन

काठमाडौं ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भीमफेदी–कुलेखानी सडक विस्तार तथा निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले काम छिटो सकेर जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्नाका साथै सहजता प्रदान गर्न आग्रह गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सर्वपक्षीय बैठकमा उनले सो कुरा बताएका हुन्। बैठकले भीमफेदी–कुलेखानी हेबी सडकखण्डमा पटके सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा उक्त सडकखण्डमा केही दिनसम्म पटके सवारी सञ्चालन गरिने र वैकल्पिक बाटो निर्माण भएपछि पूर्णरुपमा सडक अवरुद्ध गरेर सडक विस्तार तथा निर्माण कार्यको थालनी गरिने निर्णय भएको सो मन्त्रालयका सचिव तेजराज भट्टले बताए। उनका अनुसार भीमफेदी कुलेखानी सडकको विभिन्न स्थानमा निर्माणको काम हुने भएकाले आजदेखि बिहान ५ देखि ८ बजेसम्म, दिउँसो ११ देखि १२ः३० बजेसम्म र दिउँसो ३ देखि ८ः३० बजेसम्म बाटो सञ्चालन हुने बताइएको छ ।

उक्त समयभन्दा बाहेकको समयमा पनि विस्तार तथा निर्माणको काम हुने भएकाले सडक अवरुद्ध गराइने भएको बताएको छ । सो बैठकमा यातायात पूर्वाधार निर्देशनालयका प्रतिनिधि, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौर, जिल्ला ट्राफिक प्रमुख विष्णुहरि ढकाल, विभिन्न यातायात क्षेत्रको सरोकारवाला निकायका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार