‘समाजसेवी रामजी अधिकारी साँच्चिकै जिउँदो रामको प्रतिक हुनुहुन्छ’: हरिवंश आचार्य

‘समाजसेवी रामजी अधिकारी साँच्चिकै जिउँदो रामको प्रतिक हुनुहुन्छ’: हरिवंश आचार्य


वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यले दशक देखि सडक मानवको निस्वार्थ सेवामा लागेका समाजसेवी रामजी अधिकारीले गरेको मानव सेवालाइ मुक्त कण्ठले प्रशंसा गर्दै उनलाई जिउँदो रामको उपमा दिएका छन् ।  

मानव सेवा आश्रमले कोही पनि सडकमा बस्न नपरोस केहि भोकै हुन नपरुँन भन्ने हेतुलेशुक्रबारबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई समर्थन गर्दै कलाकार आचार्यले सडक मानवका सेवाको लागि निस्वार्थ रुपमा लागेका रामजी अधिकारीले गरेको कार्यको खुलेर प्रशंसा गरे। 

उनले भने, ‘यो जस्तो ठूलो पुण्यको काम अरु केही पनि नदेखेर हामी पनि उहाँहरुकोपछि लागिराखेका छौं, साथ दिइरहेका छौं । मैले जहिले पनि भन्ने गरेको छु रामजी साँच्चिकै रामको प्रतिका भएर परोपकारी भावनामा अगाडि आउनुभएको छ । तपाइँ साँच्चिकै जिउँदो राम हुनुहुन्छ । हामीले सम्मान गर्ने राम हुनुहुन्छ ।’

कलाकार आचार्यले रामजी रामले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई निरन्तर साथ दिने बताए । उनले समाजसेवी आनी छोइङ डोल्मा र रामजी अधिकारी सधैंभरी आदरणीय र सम्माननिय पात्र बनेको भन्दै दुवैप्रति खुला हृदयले आदर प्रकट गरे । ‘आनी छोइङ ज्यु र राम भाई तपाइँहरु स्थाई सम्माननिय पात्र हुनुहुन्छ । तपाइँहरुको पद कहिले पनि जाँदैन । मानवताको लागि तपाइँहरुले जति योगदान गर्नुभएको छ,यो जस्तो ठूलो पुण्यको काम हामीले काँहीपनि देखेको छैनौ,’ आचार्यले भने । 
 

Logo